कोरोना महामारी नियन्त्रणमा अमेरिका गलत दिशामा हिँडिरहेको छः डा. फाउची



Download our app to get more features

बीबीसी, ११ साउन । खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेका बेला अमेरिकाका एक जना प्रमुख स्वास्थ्य विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभाइरसका मामिलामा अमेरिका "गलत दिशामा हिँडिरहेको" बताएका छन् ।

उनले कोरोनाभाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा भेरिएन्ट बढिरहेको बताए ।

फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिनका निम्ति खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिरहेको बताएका छन् ।

उनले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउनेखाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको बताएका छन् ।

अमेरिकामा हालसम्म त्यहाँको जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको आधिकारिक विवरणमा देखिन्छ। अमेरिकामा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढेको छ ।

Last modified on 2021-07-26 09:36:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts