कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै ट्यूनिशियाका प्रधानमन्त्री बर्खास्त



Download our app to get more features

एजेन्सी, ११ साउन । ट्यूनिशियामा कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै प्रधानमन्त्रीलाई बर्खास्त गरिएको छ । 

राष्ट्रपति कइस सैयदले प्रधानमन्त्री हिचम मेकिचीलाई पदबाट बर्खास्त गर्दै संसद भंग गरेका छन् । 

ट्यूनिशियाका सर्वसाधारण कोरोना महामारी नियन्त्रण गर्नमा सरकार असफल भएको भन्दै विरोधमा उत्रिएपछि स्थिति नियन्त्रण बाहिर गएको र विरोध प्रदर्शन हिंसक बनेपछि राष्ट्रपति सैयदले यस्तो कदम चाल्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । 

राष्ट्रपति सैयदले देशमा शान्ति स्थापनाका लागि गरिएको यो निर्णय र अब आउने नयाँ प्रधानमन्त्रीले अवस्था सुध्रिने विश्वास व्यक्त गर्नुभएको छ । 

ट्यूनिशियामा हालसम्म कोरोना भाइरसको महामारीका कारण ५ लाख ७० हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

Last modified on 2021-07-27 08:02:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts