विश्वभर थपिए साढे ५ लाखभन्दा बढी नयाँ संक्रमित, मृत्यु हुनेको संख्या ४२ लाख नजिक



Download our app to get more features

एजेन्सी, १३ साउन । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२ लाख नजिक पुगेको छ । 

गत २४ घन्टामा विश्वभर थप ९ हजार २ सय ६२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा इन्डोनोसियामा २ हजार, ब्राजिलमा १३ सय २०, रुसमा ७ सय ७९, भारतमा ६ सय ४०, अमेरिकामा ३ सय ९, इरानमा ३ सय ५७ र कोलम्बियामा ३ सय  जना रहेका छन् ।

योसहित विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ लाख ९२ हजार १ सय ७७ पुगेको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर ५ लाख ६२ हजार ५ सय १८ जना नयाँ संक्रमित थपिएका छन् । जसमा अमेरिकामा सबैभन्दा बढी ५२ हजार १ सय ११ जना रहेका छन् भने इन्डोनोसियमा ४५ हजार २ सय ३, भारतमा ४२ हजार ९ सय, ब्राजिलमा ४१ हजार ४ सय ११, इरानमा ३४ हजार ९ सय जना रहेका छन् ।

विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड ५९ लाख २२ हजार १ सय पुगेको छ । जसमध्ये १७ करोड ७६ लाख २५ हजार २ सय ३३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै गत २४ घन्टामा विश्भवर थप ४ लाख ४६ हजार ५ सय ७ कोरोना संक्रमित स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ कराढेड ७६ लाख ५६ हजार ५ सय ४८ पुगेको छ ।

Last modified on 2021-07-29 07:59:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts