अस्ट्रेलियाका अरू सहर खुल्दा सिड्नीमा एक महिना लकडाउन थपियो



Download our app to get more features

काठमाडौं, १३ साउन । कोभिड-१९ को सङ्क्रमण बढ्दै जाँदा सिड्नीमा अर्को एक महिनाका लागि लकडाउन थपिएको छ।

अस्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा डेल्टा भेरिअन्ट फैलिएपछि गएको जून महिनाको अन्त्यबाट घरमा नै बस्न आदेश दिइएको छ।

यस वर्षको खराब महामारीले सिड्नीमा २,५०० व्यक्तिलाई सङ्क्रमित बनाएको छ।

सिड्नी राजधानी रहेको न्यू साउथ वेल्समा बुधवार १७७ जनामा सङ्क्रमण पुष्टि भएको छ। उक्त सङ्ख्या मार्च २०२० यताकै सर्वाधिक हो।कोभिड-१९ को सङ्क्रमण बढ्दै जाँदा सिड्नीमा अर्को एक महिनाका लागि लकडाउन थपिएको छ।

अस्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा डेल्टा भेरिअन्ट फैलिएपछि गएको जून महिनाको अन्त्यबाट घरमा नै बस्न आदेश दिइएको छ।

यस वर्षको खराब महामारीले सिड्नीमा २,५०० व्यक्तिलाई सङ्क्रमित बनाएको छ।

सिड्नी राजधानी रहेको न्यू साउथ वेल्समा बुधवार १७७ जनामा सङ्क्रमण पुष्टि भएको छ। उक्त सङ्ख्या मार्च २०२० यताकै सर्वाधिक हो।
न्यू साउथ वेल्सकी प्रिमिअर ग्ल्याडेस बेरजिक्लियनले यसअघि योजना गरिए जस्तै गरी शुक्रवारबाट लकडाउन अन्त्य गर्नु सिड्नीका लागि सम्भव नभएको बताइन्।

उनले आवतजावतमा थप निषेधाज्ञा घोषणा गरेकी छन् जसमा अत्यावश्यक सामग्री खरिदका लागि १० किलोमिटरसम्म जान पाइने सीमा तोकिएको छ।

साना स्तरको महामारी नियन्त्रणमा लिएका भिक्टोरीया र साउथ अस्ट्रेलिया दुवैले बुधवारबाट लकडाउन अन्त्य गरेका थिए।

सिड्नीका ५० लाख बासिन्दाले यो वर्ष महामारी देखापर्नु अघिसम्म साधारण खालकै जीवनशैली अपनाएका थिए।
 

Last modified on 2021-07-28 16:45:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts