मास्कका बारेमा रहेका केही भ्रमात्मक प्रश्न र त्यसको जवाफ डा.विवेक सुवेदीबाट



Download our app to get more features

काठमाडौं । कोरोना लाग्न नदिने उतम उपाएमध्ये एक हो मास्कको प्रयोग । हामिले प्रयोग गर्ने मेडिकल र सर्जिकल मास्क स्यानिटाइज गरेर प्रयोग गरिरहेका हुन्छौ ।
१.के मेडिकल र सर्जिकल मास्क स्यानिटाइज गरी प्रयोग गर्न मिल्छ ?
उतर मिल्दैन
 

किन मिल्दैन ?
स्यानिटाइजर छर्किएर सर्जिकल र मेडिकल मास्क प्रयोग गर्दा मास्क भिजेर यसको प्रभावकारीता घट्न सक्छ । सर्जिकल र मेडिकल मास्क एक पटकको प्रयोगको लागि मात्र बनाएको हुन्छ त्यसैले सम्भव भएसम्म एक चोटि प्रयोग गरेपछि यस्ता मास्क पुन प्रयोग गर्न हुदैन ।

२.एउटा भन्दा बढि मास्क लगाउदा संक्रमण सर्ने सम्भावना कम हुन्छ ?
उतर: हुदैन

किन हुदैन ?
एउटा मास्क वा सो भन्दा बढी मास्क लगाउदा पनि संक्रमण नसर्न दिने सुरक्षा एउटै हो । कसैले आफ्नो सुरक्षाका लागि २ वा ३ वटा मास्क लगाउछन् तर त्यसले संक्रमण सर्ने सम्भावना कम हुदैन् ।

३.सर्जिकल,मेडिकल मास्क र कपडाको मास्कमा फरक छ ?
उतर : फरक छ

कसरी फरक छ ?
सर्जिकल र मेडिकल मास्कले जस्तो सुरक्षा कपडाको मास्कले दिदैन । मेडिकलको हिसाबले कपडाको मास्क भन्दा सर्जिकल र मेडिकल मास्क लगाउदा राम्रो ।

४.N90  मास्क र अन्य मास्कमा फरक छ ?
उतर:फरक छ

कसरी फरक छ ?
मेडिकल हिसाबले एन ९० मास्कले ९० प्रतिशत सुरक्षा दिन्छ भने अन्य सर्जिकल मास्कले ८० प्रतिशत मात्र सुरक्षा दिन्छ ।

५.मास्कलाई धोएर प्रयोग गर्न मिल्छ ?
उतर : मिल्दैन

किन मिल्दैन ?
धोएर प्रयोग गरेको मास्कले कोरोना संक्रमण सर्नबाट बचाउदैन । त्यसैले मास्क धोएर प्रयोग गर्न हुदैँन ।

६.भिडभाड नभएको ठाउँमा मास्क नलगाई जान मिल्छ ?
उतर: मिल्दैन

किन मिल्दैन ?
भिडभाड नभएको ठाउँमा पनि मानिसहरु आवतजावत गरिरहेका हुन्छन् । त्यसैले संक्रमण सर्ने सम्भावना रहन्छ ।
 

Last modified on 2021-08-20 06:39:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts