नर्भिकको समन्वयमा कोभिड उपचारमा प्रयोग हुने नाइट्रिक अक्साइडको नेपालमा परीक्षण गरिने



Download our app to get more features

काठमाडौं, ३ भदौ । नेपालमा कोभिड उपचारमा प्रयोग हुने नाइट्रिक अक्साइडको परीक्षण हुने भएको छ । 

अमेरिकी वैज्ञानिक डा.नाथन एस  ब्रायनसहितको टोली  विकास गरेको कोभिड–१९ विरुद्धको औषधिको हाल अमेरिकामा तेश्रो फेजको परीक्षण चलिरहेको छ ।

नेपालमा भने नाइट्रिक अक्साइडको परीक्षण नर्भिक इन्टरनेशनल  अस्पतालले गर्ने भएको छ । अस्पतालले आज एक कार्यक्रम गर्दै उक्त कुराको जानकारी दिएको हो । 

अमेरिकी टेक्सस राज्यका पूर्व  सिनेटर ड्यान शैलीले वसन्त चौधरी फाउण्डेसन र नर्भिक इनिसिएटिभ्स फर न्यूट्रीसन एण्ड हेल्थको पहलमा नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट नेपाल ल्याइने भएको हो । 

अमेरिकी पूर्व सिनेटर ड्यान शेलीले नेपालमा करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको १० हजार वोटल नाइट्रिक अक्साइड उपलब्ध गराउने प्रतिबद्धता जनाएको नर्भिक इन्टरनेशनल अस्पतालका अध्यक्ष वसन्त कुमार चौधरीले जानकारी दिएका छन् । 

नाइट्रिक अक्साइडका खोजकर्ता तथा डा. न्याथन एस ब्रायनले नाइट्रिक अक्साइड प्राकृतिक रुपमा शरीरभित्र उत्पादन हुने र शरीरलाई चाहिने एक महत्वपूर्ण पदार्थ रहेको बताएका छन् ।  

डा. ब्रायनले भने, 'यस पदार्थले रक्तचापको व्यवस्थापनका साथै शरीरको अक्सिजन स्याचुरेशन व्यवस्थापन गर्न समेत मद्दत गर्छ, यसका साथै नाइट्रिक अक्साइडले इन्फ्लेमेसन घटाउने तथा कोरोना भाइरससहितका अन्य इन्फेक्सनविरुद्ध लड्ने प्रतिरोधात्मक भूमिकाको कार्य समेत गर्छ।' 

अमेरिकामा १० वर्षदेखि बजारमा उपलब्ध नाट्रिक अक्साइडको डाइटरी सप्लीमेन्टको प्रयोगले कोभिड १९ का बिरामीहरूमा सकारात्मक प्रभाव पारेको पाइएको डा.ब्रायनले बताएका छन् ।  

उक्त डाइटरी सप्लीमेन्ट संक्रमण भएको ७० घण्टाभित्र चुसेर सेवन गरेर दैनिक २ पटक सेवन गर्न थालेपछि यसले शरीरमा घटेको अक्सिजनको मात्रा बढाउने डा. ब्रायनको भनाइ छ ।

डाइटरी सप्लिमेन्ट सुरुका दिनमा २० हजार जनसंख्याको लागि निशुल्क प्रदान गरिने नर्भिक इन्टरनेशनल अस्पतालका प्रवन्ध निर्देशक राजेन्द्र  बहादुर सिंहले हाम्रो डाक्टर न्युजलाई जानकारी दिए । साथै नर्भिक अस्पतालले पछि पनि निरन्तर सहज रुपमा उक्त मेडिसिन उपलब्ध गराउने सिंहले बताएका छन् ।

कार्यक्रममा अमेरिकी वैज्ञानिक डा.नाथन एस  ब्रायन,अमेरिकी पूर्व सिनेटर ड्यान शेली,नर्भिक इन्टरनेशनल अस्पतालका अध्यक्ष वसन्त कुमार चौधरी,पारस शाक्य राज बहादुर सिंह लगाएतको उपस्थिती रहेको थियो ।

Last modified on 2021-08-20 06:37:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts