सुदूरपश्चिममा कोरोनाको खोप पठाउन आनाकानी, ६ लाखले मात्रै पाए ‘डोज’



Download our app to get more features
Spark_health_home

धनगढी, २६ भदौ । संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना भाइरस विरुद्धको पर्याप्त खोप पठाउन आनाकानी गरेको आरोप लागेको छ । 

हालसम्म सुदूरपश्चिम प्रदेशका ६ लाख नागरिकले मात्रै कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । जसमा ४ लाख बढीले पूर्ण खोप लगाए पनि थप डोज पठाउन संघीय सरकारले आनाकानी गरिरहेको छ । अन्य प्रदेशको तुलनामा कम डोज पाएको सुदूरपश्चिमलाई पर्याप्त खोप दिन संघीय सरकार ढिलाई गरिरहेको हो । 

पछिल्लो समयमा प्रदेशमा दोस्रो डोज लगाउनका लागि ९८ हजार भेरोसेल खोप प्राप्त भएको स्वास्थ्य आपूर्ति व्यवस्थाप केन्द्रका प्रमुख पदम विष्टले बताए । ‘दोस्रो डोजका  लागि स्वास्थ्य विभागबाट ९८ हजार ८ सय डोज आएको छ,’ उनले भने । भदौ ३० गतेबाट सञ्चालन हुने कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीका लागि पनि १५ हजार डोज मात्रै पठाइएको छ । जुन खोप प्रदेशका विद्यार्थीका लागि कम हुने स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख विष्टले बताए ।
 
पहिलो डोज पनि नपाएका प्रदेशवासीका लागि भने कोरोना भाइरस विरुद्धको खोप पठाउन वेवास्ता भइरहेको छ । विगतमा विभिन्न देशबाट सहयोग स्वरुप प्राप्त भएको लगायत नेपाल सरकारले खरिद गरेको खोपको केही मात्रा सुदूरपश्चिममा पठाइएको थियो ।
 
अहिले संघीय सरकारले पर्याप्त रुपमा खोप पठाउन उदासिनता देखाएपछि प्रदेशको खोप अभियान नै ठप्प जस्तै छ । ‘प्रयाप्त मात्रामा सबैलाई पुग्नेगरी खोप पठाउन त गाह्रो हुन्छ,’ सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले भने, ‘थप डोजका लागि संघीय सरकारसँग आग्रह गरेका छौं ।’

Hamro Doctor
alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts