९७ वर्षीया वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया



Download our app to get more features

ललितपुर, २८ भदौ । अल्का अस्पतालमा ९७ वर्षीया एक वृद्धाको हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया गरिएको छ ।

ललितपुर खोकनाकी ९७ वर्षीया गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो ।

अस्पतालका चिकित्सक डा. शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाइ केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको हो ।

९७ वर्षीया वृद्धा, मुटु रोगले ग्रस्त, हामीले उच्च सावधानी अपनाएर उहाँको शल्यक्रिया सफल रुपमा गरेका छौं,’ डा. अमात्यले भने, यो दुलर्भ नै हो ।’

उनका अनुसार चिकित्सकहरुले वृद्धा र मुटु रोगीहरुलाई यस्तो शल्यक्रिया गर्न सुझाव नै दिइँदैन ।

’शाहीको परिवारले पनि हिप फेर्न हामीलाई अनुरोध गर्नुभयो, हामीले शल्यक्रियाका जोखिमहरुबारे उहाँहरुलाई जानकारी दिएका थियौं, ’चिकित्सक अमात्यले भने, ’उहाँहरुले शल्यक्रियाका लागि अनुमति दिएपछि हामीले हिप फेर्ने काम सफल रुपमा गर्यौं ।’

उनको मुटु सुन्निएको थियो, धड्कन पनि कम थियो, हामीले चाँडोभन्दा चाँडो हिप फेर्नुपर्ने बाध्यता थियो, अमात्यले भने हामीले ५४ मिनेटमा नै सो शत्यक्रिया गर्न सफल भयौ ।

’मैले धेरै अस्पताल धाएँ तर अल्का आएर मेरो अप्रेसन सफल भयो,’ शाहीले भनिन् ।

केही वर्ष अघि शाही लडेर हिपको जोर्नी भाँचिएको थियो। हिपको जोर्नी फेरेपछि शाही अस्पतालबाट डिचार्ज भइसकेकी छिन् ।

Hamro Doctor

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts