भारतमा ३० हजार भन्दा बढीमा कोरोना संक्रमण



Download our app to get more features

काडमाडौं, ३ असोज । भारतमा थप ३० हजार ७ सय ७३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ३८ हजार ९ सय ४५ जना संक्रमण मुक्त भएका छन्।

हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ३२ हजार १ सय ५८ पुगेको छ।

संक्रमणका कारण थप ३ सय ९ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ४ लाख ४४ हजार ८ सय ३८ पुगेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ८५ लाख ४२ हजार ७ सय ३२ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। हालसम्म भारतमा ८० करोड ४३ लाख ७२ हजार ३ सय ३१ जनाले खोप लगाइसकेका छन्।

Last modified on 2021-09-19 15:16:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts