अमेरिकाले गरिब मुलुकुलाई थप ५० करोड डोज खोप अनुदानमा उपलब्ध गराउने



Download our app to get more features

 एजेन्सी, ७ असोज । अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई कोरोना विरुद्धको थप पचास करोड डोज खोप अनुदानमा उपलव्ध गराउने भएको छ । यो प्रतिबद्धतासँगै अमेरिकाले कूल एक अर्ब १० करोडभन्दा बढी खोप संसारलाई अनुदान दिनेछ ।

अमेरिकाले फाइजरको खोप अनुदानमा दिन लागेको हो । अमेरिकाले अनुदानमा दिने खोपको ढुवानी आगामी जनवरीदेखि शुरु हुने बताइएको छ ।

जनवरीदेखि अर्को वर्षको सेप्टेम्बरसम्ममा अमेरिकाले ८० करोड खोपहरू विश्वभर पठाउने तयारी गरेको छ । अमेरिकाले यसअघि नै विश्वलाई ६० करोडभन्दा बढी कोरोना विरूद्धको खोपको मात्रा अनुदान दिने प्रतिबद्धता जनाइसकेको छ ।

नेपाल, पेरू, पाकिस्तान, श्रीलङ्का, सुडान र एल साल्भाडोरदेखि इथियोपियासम्मका विश्वभरका १ सय देशहरूमा झन्डै १६ करोड मात्रा खोप ढुवानी गरिसकिएको अमेरिकाले जनाएको छ ।

Last modified on 2021-09-23 14:13:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts