नाइजेरियामा हैजाको प्रकोप, ३ सय २९ जनाको मृत्यु



Download our app to get more features

एजेन्सी, ७ असोज । नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३ सय २९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले आज जानकारी दिएका छन् । ती अधिकारीले नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिहरुको ज्यान गएको बताएका हुन् ।

सो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाका अनुसार उक्त राज्यका कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो । त्यसमा परेर ती व्यक्तिहरुको ज्यान गएको र अरु कैयौं बिरामी परेका उनले जानकारी दिएका छन् ।

ती स्थानीय निकायहरुमा ११ हजार १ सय १५ जनामा हैजा फैलिएको आशंका गरेर परीक्षण गरिएको थियो । तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएका थिए ।

अहिले पनि ३१ जना हैजा लागेको पुष्टि भएका व्यक्ति अस्पतालमा उपचार गराइरहेका बताइएको छ । हाल हैजाको प्रकोप देखिएका स्थानहरुमा स्वास्थ्य निगरानी राखिएको बताइएको छ ।

Last modified on 2021-09-23 16:26:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts