ग्याष्ट्रिकका समस्या भएकाले नर्भिकमा फ्री ओपिडी सेवा पाउने



Download our app to get more features

काठमाडौं, ७ असोज । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत आउने शनिबार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा सञ्चालन हुने भएको छ । 

आगामी शनिबार असोज ९ गते नर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. वरुणकुमार साहले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । 

डा. शाहका अनुसार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाहरुले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिनसक्नेछन् ।  निःशुल्क ओपिडी सेवा शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ । 

नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी सीएसआर अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । 

निःशुल्क ओपिडी सेवा लिन वा यो अभियानको विषयमा थप जानकारी लिनका लागि नर्भिक अस्पतालका ओपीडी म्यानेजरलाई ९८०१२२५३१८ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

Hamro Doctor
Last modified on 2021-09-23 13:05:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts