तपाईंको बच्चालाई क्याल्सियम पुगेन भने के हुन्छ ? यसो भन्छन् डा.गुरुङ



Download our app to get more features

हाडजोर्नीको विकास र मजबुतीका लागि मान्छेलाई उमेरअनुसार क्याल्सियम जरुरीपर्छ । 

बढ्दो उमेरका बच्चालाई त क्याल्सियम झनै आवश्यक पर्छ । यो उमेरमा क्याल्सियम अभाव भयो भने विभिन्न समस्या निम्तिन सक्छ । हाडजोर्नी विशेषज्ञ प्रा.डा. गणेश गुरुङले हलक्क बढ्दै गरेका बच्चामा क्याल्सियम कम हुँदा निम्तिने समस्याबारे सजग गराएका छन् :

शरीरमा क्याल्सियम कम हुँदा के हुन्छ ?
शारीरिक विकासको क्रममा बच्चाको हातगोडा दुख्ने समस्या आउन सक्छ । यस्तो समस्यालाई मेडिकलमा ‘ग्रोइङ पेन’(बढ्दो उमेरको समस्या) भनिन्छ । बच्चामा यो समस्या देखिनुको कारण हो, शरीरमा क्याल्सियमको कमी । बच्चा बढ्दै जाँदा उनीहरुलाई आवश्यक क्याल्सियमको कमीले जोर्नी तथा हड्डी दुख्ने समस्या निम्तिन्छ । बढी चुलबुले बच्चामा समस्या बढी हुन्छ किनभने धेरै खेल्ने बच्चालाई क्याल्सियमको मात्रा बढी चाहिन्छ । 

उमेरअनुसार शारीरिक विकास हुन त्यसैअनुसारको क्याल्सियम शरीरले पाउनुपर्छ । यो अवस्थामा गडबडी हुँदा बच्चाको हाडजोर्नी दुख्छ । खानपानमा विशेष ध्यान दिएर बच्चालाई क्याल्सियम पूर्ति गराउनुपर्छ । हरेक दिन बच्चालाई सामान्य मालिस गर्दा पनि दुखाइमा धेरै राहत मिल्छ । 

उमेरअनुसार बच्चालाई कति क्याल्सियम दिने ?
उमेरअनुसार बच्चालाई क्याल्सियम जरुरत पर्छ । ६ महिनामुनिको बच्चालाई प्रतिदिन २ सय मिलिग्राम, ६ महिनादेखि एक वर्षसम्मको बच्चालाई २ सय ६० मिलिग्राम, एकदेखि तीन वर्षसम्मको बच्चालाई प्रतिदिन ७ सय मिलिग्राम क्याल्सियम चाहिन्छ । 

चारदेखि आठ वर्षसम्मको बच्चालाई प्रतिदिन १ हजार मिलिग्राम र नौदेखि १३ वर्षसम्मको बच्चालाई प्रतिदिन १३ सय मिलिग्राम क्याल्सियम आवश्यक पर्छ । बच्चालाई विभिन्न खानेकुराबाट क्याल्सियमको मात्रा पूर्ति गर्न सकिन्छ । 

क्याल्सियमका मुख्य स्रोत :
दूध, दही, चिजमा क्याल्सियमको मात्रा सबैभन्दा राम्रो पाइन्छ । सुन्तलाको जुस, चकलेट मिल्क, चाइनिज बन्दागोवी, बदाम, माछालगायतमा पनि क्याल्सियमको मात्रा धेरै हुन्छ । बच्चाको उमेरअनुसार यस्ता खानामा जोड दिनुपर्छ ।

Last modified on 2021-09-25 11:22:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts