नर्भिक अस्पतालका संस्थापक चौधरीको स्वास्थ्य अवस्था गम्भीर छैनः नर्भिक प्रशासन



Download our app to get more features

काठमाडौं, १० असोज । नर्भिक अस्पतालले अस्पतालका संस्थापक बसन्तकुमार चौधरीको स्वास्थ्य अवस्थाबारे गलत समाचार प्रकाशन गरेको भन्दै खण्डन गरेको छ ।

हृदयघात भएपछि हाल दुबईमा उपचार गराइरहेका चौधरीको स्वास्थ्य अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति अस्पतालको ध्यानाकर्षण भएको हो । 

अस्पतालले विज्ञप्ति जारी गर्दै यी समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको जानकारी गराएको छ ।

साथै उनी निजी प्रयोजनका लागि दुबई गएको र उनको स्वास्थ्य अवस्था गम्भीर नभएको अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले बताएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts