सुदूरपश्चिममा थप १० लाख मात्रा कोरोनाविरुद्धको खोपको आवश्यकता



Download our app to get more features
Spark_health_home

धनगढी, १२ असोज । सुदूरपश्चिम प्रदेशमा थप १० लाख मात्रा कोरोनाविरुद्धको खोपको आवश्यकता रहेको देखिएको छ ।

४५ वर्ष भन्दा माथिका नागरिकलाई कोरोनाको भेरोसेल खोप लगाउने अभियान आइतबारदेखि सुरु भएको छ । कैलालीसहित सुदूर पहाडका जिल्लाहरु स्थानीय तहले तोकेको खोप केन्द्रमार्फत भेरोसेलको पहिलो डोज लगाइँदै छ ।
 
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थाप केन्द्रबाट प्राप्त भएको ५१ हजार डोज स्वास्थ्य कार्यालय कैलालीले सबै स्थानीय तहमा जनसंख्यको आधारमा वितरण गरेको जनाएको छ । 

४५ वर्ष भन्दामाथि नागरिकलाई उक्त खोप पहिलो डोजका रुपमा लगाइएको छ । पछिल्लो पटक सुरु भएको अभियान धनगढी, गोदावरी लगायतका स्थानीय तहमा सकिएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख प्रदिप जोशीले बताए ।‘

कैलालीका अन्य स्थानीय तहमा यही १४ गतेसम्म पछिल्लो पटक सुरु भएको खोप अभियान सकिने छ,’ उनले भने । 

सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म संघीय सरकारबाट १४ लाख भन्दा बढी डोज खोप प्राप्त गरेको छ ।

भेरोसेल, कोभिशिल्ड, जोनसन एन्ड जोनसन लगायत गरी हालसम्म सुदूरपश्चिमलाई १४ लाख ९३ हजार डोज खोप प्राप्त भएको हो । जसबाट ५ लाख भन्दा बढी नागरिकले पूर्ण खोप लगाइसकेका छन् भने ७ लाख भन्दा बढीले पहिलो डोज लगाएका छन् ।
 
अहिले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थाप केन्द्रसँग एक लाख ६८ हजार भेरोसेलको डोज मौज्दात रहेको छ । संघीय सरकारबाट पछिल्लो पटक प्राप्त भएको ३ लाख ७० हजार डोज भेरोसिल खोप मध्ये २ लाख ४४ हजार डोज ९ वटै जिल्लामा वितरण भएको हो । 

प्रदेशका सात जिल्लामा ४५ वर्ष भन्दा माथिकालाई खोप लगाइँदै छ भने, बाजुरा र दार्चुलामा १८ वर्ष भन्दा माथिका नागरिकलाई कोरोनाको खोप लगाउने अभियान सञ्चालन भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदम विष्टले बताए । 

२८ लाख भन्दा बढी जनसंख्या भएको सुदूरपश्चिमका आधा भन्दा बढी नागरिकले अझै खोप लगाउन पाएका छैनन् । यसअघि कक्षा १२ को परीक्षा दिने केही विद्यार्थीहरु पहिलो डोज लगाउन पाएपनि अधिकांश १८ वर्षदेखि ४५ वर्ष भित्रका नागरिकले कोरोना भाइरस विरुद्धको खोप पाएका छैनन् ।
  
पहिलो डोज मात्रै लगाएकाहरुलाई सरकारले खोपको व्यवस्था गर्नुपर्ने देखिएको छ । अपुग खोपको लागि संघीय सरकारसँग आग्रह गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।

‘अहिलेसम झण्डै १५ लाख डोज प्राप्त भएको छ,’ उनले भने, ‘अझै हामीलाई १० लाख डोज आवश्यक रहेको छ ।’

Hamro Doctor
alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts