क्यान्सर अस्पताल भरतपुरमा सप्ताहव्यापी कार्यक्रम चल्दै, असोज १० गते २२ औं वार्षिकोत्सव



Download our app to get more features
Spark_health_home

चितवन, ६ असोज । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अहिले वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेको छ ।

अस्पतालले आफ्नो २२ औं वार्षिकोत्सव एवम् १७ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरपारी सो कार्यक्रम आयोजना गरिएको हो । यही सोमवारदेखि शुरूभएको सो कार्यक्रम आगामी आइतवारसम्म चल्ने अस्पतालले जनाएको छ ।

अस्पतालले विभिन्न कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी रूपमा आफ्नो वार्षिकोत्सव मनाउन लागेको अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. निर्मल लामिछानेले जानकारी दिए ।

जस अन्तर्गत क्यान्सर सम्बन्धी जनचेतना मुलक कार्यक्रम, पाठेघरको मुख तथा स्तन क्यान्सर स्क्रिनिङ, खुल्ला रक्तदान, एचडियू तथा आईसियूको उद्घाटन, अस्पतालको समग्र अवस्था बारे जानकारी गराउन पत्रकार सम्मेलन, पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपको शुभारम्भलगाएतका कार्यक्रमहरू रहेको उनले बताए ।

विज्ञहरूका अनुसार समयमा नै उपचार गर्न सके धेरै जसो क्यान्सर रोग निको हुन्छ । खानपान, आनीबानीमा परिवर्तन गरेर क्यान्सर रोग लाग्नबाट बच्न सकिने उनीहरुको भनाइ छ । खानपानमा ध्यान दिने हो भने ४० प्रतिशत क्यान्सरको रोगी घटाउन सकिने उनीहरुको सुझाव छ । कोरोना कहरकाबीच अस्पतालले यही असोज १० गते आइतवार आफ्नो २२ औं वार्षिकोत्सव मनाउदैछ ।

अस्पतालले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम यस्ता छन्ः

Hamro Doctor
Last modified on 2021-09-23 10:37:05

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>
alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts