विश्व मुटु दिवस

एकपटक हृदयघात भइसकेकाले फेरी यसलाई दोहोरिन नदिन के गर्ने ? जानौं

What's This?


Download our app to get more features

आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

मुटु मावन शरीरको एक यस्तो महत्त्वपूर्ण अंग हो, जसको बिना मानिसको जीवनको अर्थ हुँदैन । सामान्य भाषामा भन्दा मुटु बिना मानिसको जीवन नै हुँदैन । त्यसकारण मुटुको विशेष ख्याल राख्नुपर्छ । मुटुको स्वास्थ्यको ख्याल यदी गरेनौं भने मुटु सम्बन्धी विभिन्न रोग त लाग्न सक्छ नै अकालमै मृत्यु समेत हुन सक्छ । अझ कोरोना महामारीका कारण मुटुरोगीलाई थप जोखिम हुने भएकाले थप सतर्क रहनुपर्छ । 

विशेषगरी असन्तुलित खानपान, विलासी जीवनशैली र नियमित परीक्षणको अभावमा हिजोआज धेरै मानिस मुटुरोगको शिकार बनेका छन् । जसले गर्दा कतिपयलाई युवा अवस्थामा नै हृदयघात हुने गरेको पनि भेटिन्छ । एकपटक हृदयघात भइसकेकालाई दोहोर्याएर मुटुरोग बल्झिने वा पुनः हृदयघात हुने सम्भावना हुने चिकित्सकहरु बताउँछन् । 

यो अवस्थामा एकपटक हृदयघात भइसकेकाले फेरी यसलाई दोहोरिन नदिन के गर्ने ? मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईका १० सुझाव यस्ता छन् :

१. नियमित परीक्षण गराउने 

२. धुम्रपान र मद्यपान नगर्ने 

३. तनावमुक्त रहने

४. शरीरको तौल सन्तुलनमा राख्ने

५. कोलस्ट्रोललाई बढ्न नदिने 

६. रगतमा चिनीको मात्रा सन्तुलनमा राख्ने 

७. चिल्लोजन्य, बोसो र बढि कार्वाेहाइडेड भएको खाने कुरा नखाने

८. नियमित शारीरिक व्ययाम गर्ने (मुटुको अवस्था अनुसार)

९. चिसोबाट जोगिने (बिहान बेलुका चिसोमा घर बाहिर ननिस्कने) 

१०. भिटामिन ए र डीको मात्रा सन्तुलन राख्ने 

Last modified on 2021-09-29 08:41:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts