नर्भिकले मुटुको जाँचमा १० प्रतिशत छुट दिने



Download our app to get more features

काठमडौं, १३ असोज । विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ ।

नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुट दिने बताएको हो । 

उक्त हेल्थ प्याकेजको अफरअन्तर्गत कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन् । 

यो अफर आज २९ सेप्टेम्बर देखि लागू भई २ अक्टूबरसम्म कायम रहने अस्पतालले जानकारी दिएको छ ।  

Last modified on 2021-09-29 13:49:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts