विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ लाख नाघ्यो, अमेरिकामा सङ्क्रमण दर बढ्दै



Download our app to get more features

एजेन्सी, १६ असोज । विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४८ लाख नाघेको छ ।

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ७ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ लाख ५ हजार ९९ पुगेको छ ।

गत २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार ८ सय २१ जनाको मृत्यु भएको छ । यस्तै रुसमा ८ सय ८७, मेक्सिकोमा ५ सय ३३, ब्राजिलमा ४ सय ९२, ईरानमा २ सय ३५, भारतमा २ सय ३३ र टर्कीमा २ सय १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर ४ लाख ७१ हजार २ सय ९४ जना नयाँ सङ्क्रमित थपिएका छन् । जसमा सबैभन्दा धेरै अमेरिकामा १ लाख २० हजार ८ सय ७६, बेलायतमा ३५ हजार ५ सय ७७, रुसमा २४ हजार ५ सय २२, टर्कीमा २८ हजार ८ सय ७३ र भारतमा २३ हजार ९ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या २३ करोड ५० लाख ३९ हजार ९ सय २३ पुगेको छ ।

गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमितमध्ये ४ लाख ४७ हजार २ सय ५९ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या २१ करोड १७ लाख ९० हजार ८ सय ८६ पुगेको छ ।

हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ८४ लाख ४३ हजार ९ सय ९८ रहेको छ ।

Last modified on 2021-10-02 14:24:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts