अमेरिकामा गर्भपतन अधिकारको माग गर्दै प्रदर्शन 



Download our app to get more features

एजेन्सी, १७ असोज । गर्भपतन अधिकारको माग गर्दै अमेरिकाका ५० वटै राज्यमा दशौँ हजारले प्रदर्शन गरेका छन् ।

 'गर्भपतनलाई कानुनी मान्यता' भन्नेजस्ता नारा र सङ्केतहरू सहित प्रदर्शनकारीहरूले राजधानी वासिङ्टन डीसीमा रहेको सर्वोच्च अदालत अगाडी 'मार्च पास' गरेका थिए।

करिब दुई दर्जनको सङ्ख्यामा रहेका प्रदर्शन विरोधीहरूले र्‍यालीको सुरुमै अवरोध पुर्‍याउने प्रयास गरेका थिए । त्यो अवरोध प्रदर्शनकारीहरूको गीत र तालीमा ओझेल परेको वासिङ्टन पोस्ट पत्रिकाले उल्लेख गरेको छ ।

टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनको सेवासम्म पहुँचमा कडाइ गरेको विरोधमा अमेरिकामा महिलाहरू प्रदर्शन गरेका हुन् ।

अमेरिकाको सर्वोच्च अदालतले आगामी महिनाहरूमा गर्ने सुनुवाइले 'रो भि वेड' भनिने गर्भपतनलाई कानुनी मान्यता दिने सन् १९७३ को आदेश उल्टाउन सक्ने चिन्ता गरिएको छ ।

Last modified on 2021-10-03 15:22:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts