दशैंमा घर जाँदै हुनुहुन्छ ? के-के कुरामा ध्यान दिने ? यसो भन्छन् डा.पुन



Download our app to get more features

अहिलेको समय चाडबाडको हो । दशैँ तिहार नजिकिएसँगै सबैजना आफ्नो परिवार र आफन्तजनलाई भेट्न घर जाने गर्छन् । 

चाडबाडका कारण घर जाने भएपछि बसपार्क, बजार, गाउँघरमा पनि भिडभाड बढेको छ ।  

पछिल्लो समय कोरोना संक्रमणको दरमा केही कमी आएपनि जोखिम अझै कायमै रहेको छ । पछिल्लो दुई वर्षदेखि हामी सबै कोरोना महामारीको क्रममै दशैँ मनाइरहेका छौं । 

कोरोना सँगसँगै अन्य संक्रामक रोगको पनि जोखिम भएकाले हामी सबैले विशेष सावधानी अपनाउनुपर्छ । 

कारण, कोरोना संक्रमण स्थिर रहेको अवस्थामा बढ्दो भिडभाडले झन् संक्रमण फैलाउन सक्ने सम्भावना धेरै रहन्छ । त्यसैले, घर जाँदा कोरोना संक्रमण फैलन नदिन कस्ता कुरामा ध्यान दिने भन्ने विषयमा यसो भन्छन् सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनः 

१. यदि कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ भने त्यो व्यक्ति दशैंमा अरुसँगै बस्ने, खाने, टिका लगाउने जस्ता कामहरु गर्नु हुँदैन । 
२. कोरोना संक्रमण भएमा वर्षदिनको चाड भनेर हेलचेक्र्याइँ गर्नु हुँदैन  , होमआइसोलेसनमा नै बस्ने गरौ । 
३. कोरोना खोप लगाएकालाई पनि कोरोना संक्रमण हुन सक्छ, त्यसैले खोप लगाएको भन्दैमा जथाभावी हिँडडुल गर्ने नगरौ ।
४.कोरोना खोप लगाएकाहरुले पनी अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पुरा गर्ने गरौ ।
५. दशैंमा धेरै व्यक्तिहरु गाउँ जाने हुँदा स्थानिय तहहरुले ध्यान पुर्याऔं ।
६. गाउँ जादै गर्दा वा परिवारसँग भेटघाट गर्ने बेलामा खोप नलगाएकाहरु पनि हुन सक्छन् र जोखिमयुक्त समूहपनि हुन सक्छन् त्यसकारण एकअर्काको स्वास्थ्यको ख्याल गरेर मात्रै भेटघाट गर्नुपर्छ ।
७. स्थानीय सरकारले पनि बाहिरबाट आउनेहरुका लागि क्वारेन्टाइन र आइसोलेसनको पनि व्यवस्था गर्नुपर्छ ।

Last modified on 2021-10-04 17:41:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts