भारतमा थपिए  २२ हजार ५ सय  भन्दा बढी कोरोना संक्रमित 



Download our app to get more features

काठमाडौं,१८ असोज ।  भारतमा कोरोनाभाइरसबाट थप २० हजार ७९९ जना संक्रमित  भएका छन् । भारतमा कोरोना संक्रमणको  कारण आइतबार थप १८० जनाको मृत्यु भएको छ । 

यसैसँगै कोरोना संक्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ९९७ जनाको मृत्यु  भएको  छ । सरकारी अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ७९९ जना संक्रमित  भएका हुन् । 

आइतबार बिहान सार्वजनिक जानकारीअनुसार शनिबार एक दिनमा २२ हजार ८४२ जना नयाँ संक्रमित  थपिएका थिए । शनिबार भन्दा आइतबार संक्रमितको  सङ्ख्या घटेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

यसअघि दैनिक संक्रमितको  सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । संक्रमित  र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको पाइएको छ । 

भारतमा अहिलेसम्म  ३ करोड ३१ लाख २१ हजार २ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।  भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ४२ लाख जना कोरोना परीक्षण गरिएको छ। 

Last modified on 2021-10-04 17:41:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts