मिर्गौला बिगार्ने 'लुपस नेफ्राइटिस्' के हो ? जानौं जोगिने उपाय



Download our app to get more features

मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो । यसले शरीरमा भएको रगतलाई सुद्ध बनाइ शरीरभरी फैलाउने काम गर्छ । यदि मिर्गौलामा केही खराबी भयो भने शरीरमा विभिन्न समस्या देखिन थाल्छ ।

केही वर्षयता नेपालमा मिर्गौला सम्बन्धी रोग लागेका व्यक्तिको संख्या बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । यो आफैमा निकै नराम्रो हो । मिर्गौला अस्वस्थ हुनुका कारण धेरै छन् । त्यसमध्ये पनि मिर्गौला सम्बन्धी रोग लुपस नेफ्राइटिस् एक प्रमुख कारण हो । लुपस नेफ्राइटिस्ले मिर्गौलामा कसरी असर गर्छ ? मिर्गौला रोग विशेषज्ञ डाक्टर अर्चन शम्शेर राणाको भनाइ यस्तो छ :

लुपस भनेको एक प्रकारको वाथ रोग हो । यो अलि जटिल प्रकृतिको हुन्छ । यो रोग यही कारणले लाग्छ भन्ने छैन् । तर, सामान्यतया आफ्नै शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमताले असर गर्यो भने समस्या देखिन्छ । यसको साथै सूर्यको सिधा प्रकाशमा धेरै समय रहदा पनि यो रोग लाग्न सक्छ ।

लक्षण :

  • मुखमा पुतली आकारका राता राता कत्ला आउने ।
  • मुखभित्र घाउ आउने ।
  • औलाको कापमा रातो हुने, चिलाउने ।
  • वाथ रोगले शरीर दुखे जसरी दुख्ने । 
  • घाममा निस्कदा मुख रातो हुने, चिलाउने ।
  • लामो समयपछि रगत, मिर्गौला, छातीमा असर गर्छ ।
  • पिसाबमा प्रोटिन जाने, रगत जाने हुन्छ । 
  • मुख, हात खुट्टा सुनिने हुन्छ । यो रोग लागेको लामो समय भए मिर्गौला ड्यामेज नै हुनसक्छ । 

यस्ता व्यक्तिलाई बढी जोखिम 

हुनत यो रोग सबैलाई लाग्न सक्छ । तर, पुरुषको तुलनामा महिलामा बढी देखापर्छ । विभिन्न अध्ययन अनुसन्धान अनुसार ९ जना महिलामा यो रोग लाग्दा एक पुरुषमा देखिएको छ । रजस्वला हुने समय १३–१४ वर्षदेखि ४०–४५ वर्षका महिलामा यो भढी देखिन्छ । तर यो रोग पुरुषमा लाग्यो भने महिलाको भन्दा अलि जटिल हुने गरेको छ । 

यसरी थाहा पाउनुहोस् 

यो रोगको लक्षण देखिएका बिरामीमा मिर्गौलामा रेनल वायप्सी (सानो इन्जेक्सन हालेर त्यसको जाँच गर्ने ) गरिन्छ । त्यसपछि मिर्गाैलमा कति असर पुगेको छ सोको एकिन गरि सोही अनुसार उपचार पद्धति अबलम्बन गरिन्छ । सुरुवाती चरणमै थाहा पाए रोग सहजै निको हुन्छ । तर अन्तिम चरणमामा पुगेको भए निको हुन निकै गाह्रो हुन्छ ।  

बच्ने उपाय :

यो रोग्न लाग्ने एकीन कारण अझै पत्ता लागेको छैन । सोही कारण यो रोगबाट बच्ने उपाय पनि यही हुन्छ भन्ने छैन् । रोग प्रतिरोधात्मक क्षमताको कारणले गर्दा लाग्ने भएकाले रोग लाग्यो भने सुरुवाती चरणमै उपचार गराउनु नै सबै भन्दा उत्तम उपाय हो । 

Last modified on 2021-10-05 13:44:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts