नर्भिकमा मूत्र र श्वासप्रश्वासको निशुल्क ओपिडी सेवा 



Download our app to get more features

काठमाडौं,१९ असोज । नर्भिक इन्टरनेशनल अस्पतालले मूत्र र श्वासप्रश्वासमा निशुल्क ओपिडी सेवा दिने भएको छ । 

अस्पतालले निःशुल्क ओपिडी अभियान अन्तर्गत उक्त सेवा दिन लागेको हो । आउने शनिवार सञ्चालन हुने निशुल्क ओपिडीमा यूरोलोजिष्ट टिम र श्वासप्रश्वासको विशेषज्ञ टिम रहने छन् । 

बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म मूत्र तथा मूत्रनलीसँग सम्बन्धित समस्याको निशुल्क जाँच हुनेछ भने बिहान १० बजेदेखि मध्यान्ह १२ बजेकै समयमा अस्पतालका छाति तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा.अच्युतभक्त आचार्यले निशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछन् । 
 
नर्भिक अस्पतालमा केही महिना अघिदेखि आफ्नो कर्पोरेट सोसियल रेस्पोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार निशुल्क ओपिडी सेवा सञ्चालन हुँदै आईरहेको छ ।  

निशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ । 
    
 

Hamro Doctor

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts