केडीसी अस्पतालद्वारा आफ्नै फार्मेसी सञ्चालन



Download our app to get more features

काठमाडौं, २२ असोज । काठमाडौंको बसुन्धारा स्थित कान्तिपुर डेन्टल अस्पताल केडीसीले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।

सरकारको निर्देशनपछि केडीसी अस्पतालले बिहीबारबाट आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।

आफ्नै फार्मेसी नहुँदा औषधि लिन अन्यत्र निजी फार्मेसीमा धाउनुपर्ने बिरामीले अब अस्पताल कै फार्मेसीबाट छूटमा औषधि लिन पाउने भएका छन् ।

अस्पतालले बिरामीलाई केही प्रतिशत छूटमा बिरामीले औषधि पाउने व्यवस्थासहित आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. बुद्धीमान श्रेष्ठले बताए ।

यसअघि अस्पतालको आफ्नै फार्मेसी नहुँदा अस्पतालसँग भाडामा लिएर बसेको औषधि पसल र बाहिरका निजी फार्मेसीमा बिरामीका लागि औषधि किन्नुपर्ने बाध्यता थियो ।

अस्पतालका प्रमुख श्रेष्ठले सरकारको निर्देशनलाई पालना गर्दै सञ्चालनमा ल्याएको अस्पतालको आफ्नै फार्मेसीले २४ सै घण्टा बिरामीलाई सहज र सर्वसुलभ रुपमा औषधि प्रदान गर्ने बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts