विश्व मानसिक स्वास्थ्य दिवस

मानसिक तनावलाई कसरी कम गर्ने ? जानौं उपायबारे



Download our app to get more features

आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । 'असमानता हटाउन आवश्यक छ सबैको साथ र योगदानः सुलभ, समान र उपयुक्त मानसिक स्वास्थ्य हाम्रो अभियान' नाराका साथ यसवर्षको विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ । 

कोरोना महामारीका कारण नेपाल मात्रै नभई विश्वभर नै मानसिक स्वास्थ्यका बिरामी र आत्महत्या गर्नेको संख्या बढेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना महामारीका कारण रोजगारी गुमाएका, सम्बन्ध बिग्रेका, अन्य सामाजीक र पारिवारिक समस्याका कारण मानसिक स्वास्थ्य सम्बन्धी समस्या र आत्महत्या गर्नेको क्रम बढेको हो ।

मानसिक स्वास्थ्य सम्बन्धी समस्या निको हुने भएकाले सबै निकायले यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जानौं मानसिक स्वास्थ्य र मानसिक तनावलाई कम गर्ने उपायबारे :

आजको आधुनिक मानिस अत्यधिक व्यस्त र तीव्र प्रतिस्पर्धात्मक जीवन जिइरहेको छ । जसले गर्दा अधिकांशलाई तनावले सताउने गर्छ । सामान्यतया तनावलाई मानसिक स्वास्थ्यसँग मात्रै जोडेर हेरेको पाइन्छ  । यद्यपि, यो शारीरिक समस्या पनि हो  । लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्दा आँखामा तनाव सिर्जना हुन्छ  । काम धेरै गर्दा मेरुदण्ड र गर्दनमा तथा मांसपेशीमा पर्ने भारले समेत त्यहाँ तनाव सिर्जना हुन्छ  । यस्ता तनाव समयमै व्यवस्थापन नगरेमा करिब ६० प्रतिशत मानिसमा टाउको दुख्ने समस्या हुने गर्छ  । अब जानौँ, तनाव व्यस्थापन गर्ने उपाय :

खानपानमा ख्याल 
तनावले शारीरिक अवस्थासँग प्रत्यक्ष सम्बन्ध राख्छ  । खाजा नखाई बिहानैदेखि काममा जाने, खाना समयमा नखाने तथा स्वस्थ खानेकुरा सेवन नगर्ने बानीले तनाव बढाइरहेको हुन्छ  । जसले शारीरिक तथा मानसिक दुवैखाले असर पुर्यारहेको हुन्छ । त्यसैले, समयमा त्यसमा पनि स्वस्थ खाना खानुपर्छ  । केरा, अमला, स्याउ, जौ, कुरिलो, दूधलगायत तनाव व्यवस्थापन गर्न सहयोग गर्ने खानेकुरा खान सकिन्छ  । 

योग र ध्यान गर्ने
अस्तव्यस्त जीवनशैली भएका मानिसमा तनावले स्वतः डेरा जमाउँछ । लामो समय बौद्धिक काममा बिताउने, तर शारीरिक व्यायाम नगर्ने बानीले गर्दा डिप्रेसनको सम्भावना बढेर जान्छ । त्यसैले, बिहानको समयमा योग र ध्यान गर्दा दिनभरिको समय सजिलै व्यवस्थापन गर्न सकिन्छ । साथै,  धैर्य गर्ने क्षमता बढ्ने, दिमाग शान्त हुने तथा विचार व्यवस्थित गर्न सकिने हुन्छ ।  

आफूलाई समय दिने कामको अध्यधिक चाप र जिम्मेवारीको बोझले मानिसलाई अल्छी बनाइदिएको छ । त्यसमाथि कोरोना महामारीका कारण कतिपयले रोजगारी गुमाएका छन् भने आर्थिक बाटो बन्द हुदा मानिसहरूमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या झन् बढेको छ । घरमै लामो समय बसि रहदा फुर्सदको समयमा पनि निष्क्रिय बस्ने, ग्याजेट, सामाजिक सञ्जालमा लामो समय बिताउने गर्छन् । जसले गर्दा कहिल्यै फ्रेस महसुस हुन पाउँदैनन् । त्यसैले, थोरै समय भए पनि आफ्ना लागि छुट्याउनुपर्छ । आफ्नो काम आफैँ गर्ने बानी बसाल्नुपर्छ । फुर्सदमा कोठा र घरको सरसफाइ गर्ने, एक्लै भए पनि खुला ठाउँमा समय बिताउने, आफन्त तथा साथीभाइसँग घुम्न जाने गर्नुपर्छ ।
 
बिहान योजना बनाउने
तनाव व्यवस्थापनका लागि सन्तुलित दिनचर्या एकदमै महत्वपूर्ण हुन्छ । दैनिक कामलाई आवश्यकता र महत्वका आधारमा वर्गीकरण गरी समय निर्धारण गर्नुपर्छ । त्यस्तै, नियमित व्यायाम र आरामले तनावबाट मुक्ति पाउन सकिन्छ । आफ्नो क्षमताले भ्याउने काम गर्नुपर्छ, त्यो पनि व्यवस्थित रूपमा । हरेक बिहान आफूले दिनभरि गर्ने कामको योजना बनाउनुपर्छ । जसले काम गर्न सहज हुन्छ र तनाव महसुस पनि हुँदैन ।  

तनावको सामना गर्नुहोस्
कस्तो अवस्था र व्यवहारले तनाव ल्याउँछ र तनावका वेला तपाईं कस्तो प्रतिक्रिया जनाउनुहुन्छ रु यो बुझ्न जरुरी छ । निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सकिन्छ । के कारणले तनाव भइरहेको हो भन्ने कुरा केलाएर त्यसको समाधानतिर लाग्नुपर्छ ।

 

(न्युरोलोजिस्ट डा. दीपेश शाक्य)

Last modified on 2021-10-10 12:33:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts