ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन १ सय ८२ जनाको मृत्यु



Download our app to get more features

सिन्ह्वा,२५ काठमाडौं । ब्राजिलमा कोरोना संक्रमणबाट गएको २४ घन्टामा मात्र १ सय ८२ जनाको मृत्यु भएको छ ।  धेरै लामो समयपछि ब्राजिलमा  एकै दिन यतिधेरै नागरिकको मृत्यु भएको हो । 

गएको २४ घन्टामा ब्राजिलमा कोरोना भाइरसको प्रकोपबाट संक्रमित हुनेहरुको संख्या ८ हजार ६ सय ८७ जना रहेको थियो । यो सँगै यो भाइरसबाट संक्रमित हुनेको संख्या  २ करोड १५ लाख नाघेको बताइएको छ । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा  पछिल्लो समयमा संक्रमित  हुनेको संख्या बढेको पाइएको छ । त्यसैगरी मृत्यु हुनेहरुको संख्या पनि केही हप्ता यतादेखि बढ्न थालेको देखिएको छ ।

ब्राजिलको साओ पाओलो शहर सुरुदेखि नै  संक्रमणको केन्द्रविन्दुमा नै रही आएको छ । ब्राजिल कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ ।

Last modified on 2021-10-11 16:35:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts