नर्भिक अस्पतालले अक्टुबर महिनाभरि म्यामोग्राम गराउँदा छुट दिने



Download our app to get more features

काठमाडौं, २७ असोज । नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टुबर महिनाभरि म्यामोग्राम गराउनेलाई छुट दिने व्यवस्था गरेको छ । 

स्तन क्यान्सर सचेतना महिनाको रुपमा अक्टुबरलाई मनाइरहँदा नर्भिकले विशेष छुटको व्यवस्था गरेको हो । 

नर्भिक अस्पतालले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने आधुनिक परीक्षण विधि म्यामोग्राम गराउँदा लाग्ने शुल्कमा २० प्रतिशत छुट दिने भएको हो । 

अक्टुबर महिनाभरि म्यामोग्राम गराउँदा नर्भिकमा २० प्रतिशत छुट पाइने अस्पतालका प्यासेन्ट सर्भिस डिपार्टमेन्टका प्रमुख अंकित अग्रवालले बताए । 

उनले भने, ‘स्तन क्यान्सर पत्ता लगाउने परीक्षण विधि म्यामोग्राम गराउनेहरूका लागि हामीले विशेष छुटको स्किम ल्याएर स्तन क्यान्सर सचेतना महिनालाई विशेष बनाउन खोजेका हौं । नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ ।’
 
नर्भिकले प्रत्येक शनिवार सञ्चालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts