दसैँंका बेला कस्ता औषधि घरमै राख्ने ? यस्ता छन् चिकित्सकका सुझाव



Download our app to get more features

दसैँँ–तिहारजस्तो चाडपर्व नेपालीको आँगनमै छ । हाँसीखुशीसँग पर्व मनाउन हामीले घर–घरमा आवश्यक सामान जोरजाम गर्न गरिसकेका छौं । परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर मीठा–मीठा परिकार खाई रमाइलोसँग दशैँ–तिहार मनाउने सुरसारमा हामी छौं । चाडपर्वका बेला अन्य समयमा भन्दा बढी खानेकुरा खाइने हँुदा स्वास्थ्यमा विभिन्न प्रकारका समस्या देखिन सक्छन् ।

साथै रमाइलो गर्ने क्रममा बालबालिका र वृद्ववृद्वाहरु लड्ने र चोटपटक लाग्ने सम्भावना पनि उत्तिकै रहन्छ । यस्ता समस्याबाट बच्न सधैँ सचेत रहनुपर्छ । यो बेला घरमा पहिलेदेखि नै बिरामी रहेका व्यक्तिमा पनि थप समस्या आउन नदिन सचेत रहनुपर्छ । चाडपर्वको बेला प्रायः स्वास्थ्य संस्था पनि बन्द हुने गर्छ । यस्तो समयमा स्वास्थ्यसम्बन्धी समस्या देखा परे कसरी समाधान गर्ने भनी चिकित्सहरूले सुझाव दिएका छन् । 

डा. मङ्गल रावल (अर्थाेपेडिक) 

विशेष गरी दसैँ–तिहारका बेला धेरै दुर्घटना हुने गरेको हामीले देख्दै र सुन्दै आएका छौं । यस्तो बेला हातखुट्टामा चोटपटक लाग्न सक्छ । गम्भीर प्रकारका चोट लागे अस्पताल वा कुनै क्लिनिक पु¥याउनुअघि प्राथमिक उपचार गर्न सकिन्छ । हातखुट्टामा कुनै चोटपटक लाग्दा सबैभन्दा पहिले आराम गर्नुपर्छ ।

जसले गर्दा दुखाई कम हुनुका साथै सुन्निएको पनि कम हुन्छ । सुन्निएको भागमा बरफले सेक्नुुपर्छ । ठोक्किएको ठाउँलाई नहल्लाउने, चोट लागेको ठाउँवरिपरि सफा कपडाले हल्कासँग बाँध्ने । यसो गर्दा करिब ५० प्रतिशत दुखाइ कम हुन्छ । 

बाटो डिँड्दा वा घरमा कसैलाई चोटपटक लागिहालेमा तत्कालीन अवस्थाको उपचारका लागि निम्न औषधिहरु राखिरहँदा वा बोकेर हिँड्दा राम्रो हुन्छ– पारासिटामोल, फेक्सन, बु्रफिन, डिक्लोफेनिक, बेटाजिन, ह्यन्डप्लास, क्रप ब्यान्डेज, मुभ, डिक्लोफेनिक्स सोडियम, गज प्याड, कटन आदि ।

डा. दीपक रावल (फिजिसियन)

चाडपर्वको बेला खानपानमा ध्यान नदिँदा ग्यास्ट्रिकले बढी सताउने गर्छ । यस्तो बेला लामो समयदेखि औषधि सेवन गरिरहेकाहरूले पर्याप्त मात्रामा औषधि राख्ने । ग्याष्टिकले सताउने हँुदा यसको औषधि पनि घरमै राख्ने । साथै कतिखेर चोटपटक लाग्छ, भन्न सकिँदैन, त्यसका लागि बेटाजिन र ड्रेसिङका सामान घरमा राख्दा राम्रो हुन्छ । खानपानमा सबैले ध्यान दिँदा राम्रो हुुन्छ । घरमा सिटामोल, ग्याष्टिकको आौषधि, जीवनजल राखिरहँदा सहज हुन्छ । मधुमेह र मुटुरोगीले विशेष खानपानमा ध्यान दिनु जरुरी हुन्छ ।

घरेलु औषधि चिनौं
 

डा. जया सत्याल (आयुर्वेद चिकित्सक)

चाडबाडका बेला आकस्मिक टाउको दुखे वा पेट फुल्ने समस्या भए घरेलु औषधिबाट पनि छुट्कारा पाउन सकिन्छ । टाउको विभिन्न कारणले दुख्ने गर्छ । यदि उच्च रक्तचापका कारण टाउको दुखेको हो भने तितेकरेला, मेथी खाएर यसलाई सन्तुलनमा राख्न सकिन्छ । यसै गरी चाडपर्वको बेला रातभर जाग्राम बस्नाले पनि टाउको दुख्छ । यस्तो अवस्थामा भने आराम गर्नु राम्रो हुन्छ । 

टाउकोको सामान्य दुखाइमा भिक्स लगाएर मालिस गर्ने । साथै तेल लगाएर मसाज पनि गर्न सकिन्छ । टाउको दुखाइमा घिउकुमारीको लेप लगाएर पनि दुखाइ कम गर्न सकिन्छ । 

खानामा ध्यान नदिँदा पेट फुल्ने, बान्ता हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा शरीरले पचाउन गाह्रो हुने मासुजन्य वस्तु खाँदा हिङ, वीरेनून राख्ने । पेट फुल्ने समस्या भए तातो पानी खाएर पेटलाई घटाउन सकिन्छ । खानाका कारण पेटमा भएको गडबडी हटाउन घरेलु औषधि ज्वानो, जीरा, अदुवाको रस खाने । साथै गाउँघरतिर पाइने हर्रो, बर्राे पनि यस्तो बेला प्रयोग गर्न सकिन्छ । 

खानाको सन्तुलन नमिल्दा कहिलेकाहीँ बान्ता पनि आउने गर्छ । विशेष गरी दशैँमा बढी चिल्लो खानेकुरा खाँदा बान्ता भयो भने खानेकुरा कम खाने, अदुवा मुखमा राखिरहने, सुकुमेल, दालचिनी खाने गर्नुपर्छ । 

घर बस्दा तथा खानपानका कारण घरमा भएका बच्चा तथा बूढाबूढीहरुका साथै वयष्कको लागि आकस्मिक देखा पर्ने स्वास्थ्य समस्याको समाधानका लागि निम्न औषधि घरमा राख्न सकिन्छ: 

  • पारासिटामोल
  • फेक्सन
  • बु्रफिन
  • डिक्लोफेनिक
  • बेटाजिन,
  • ह्यान्डप्लास
  • ओआरएस 
  • डिकोल 
  • स्यानेक्स
  • प्रोथाजिन
  • डाइजिन 
  • थर्मामिमटर 
  • जीवनजल  
  • इनो 

 

Last modified on 2021-10-14 15:21:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts