फोक्सो र हाडजोर्नी सम्बन्धी समस्या भएकाले यसरी गर्नुहोस् दशैंमा खानपान



Download our app to get more features

फोक्सो रोग

डा. प्रकाशराज न्यौपाने, फोक्सोरोग विशेषज्ञ 

धुवाँमा पाकेको परिकार नखाने (पोलेको सेकेको खाना नखाने) ।

धुवाँबाट टाँढा बस्ने । तोरीको फुल फुल्ने बेला भएकोले फुलबाट एलर्जी हुने हुँदा त्यसबाट टाढा बस्ने ।

रातो मासुको साटो सेतो मासु र माछा खाने ।

खानामा हरियो सागसब्जी र ताजा फलफुल खाने ।

रक्सी सेवन नगर्ने र धुम्रपानबाट जोगिने ।

घर बाहिर र भित्रको प्रदूषणबाट जोगिने ।

हाडजोर्नी रोगी

डा.अनिमेश जोशी, हाडजोर्नी रोग विशेषज्ञ

रातो मासु नखाने ।

मदिराले हाडजोर्नी कमजोर बनाउने हुँदा मदिरा सेवन नगर्ने ।

धुम्रपान नगर्ने । लामो समयसम्म पलेँटी कसेर नबसस्ने ।

खानामा सँधै हरियो सागसब्जी समावेश गर्ने ।

नियमित व्यायाम गर्ने ।

धेरै प्रोटिनयुक्त खाना नखाने (विशेषगरी युरिक एसिड भएकाले) ।
 

Last modified on 2021-10-14 15:21:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts