वैद्यलाई भेट्न नर्भिक पुगे उपराष्ट्रपति र गृहमन्त्री



Download our app to get more features

काठमाडौं,२ कार्तिक । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण)लाई भेट्न उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री बालकृष्ण खाँड नर्भिक पुगेका छन् ।

वैद्यलाई भेट्न उपराष्ट्रपति पुन बिहान ८ः३० बजे नर्भिक अस्पताल पुगेका थिए भने पुन निस्किएपछि गृहमन्त्री बालकृष्ण खाँड पुगेका थिए । 

उपराष्ट्रपतिले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए साथै उनले वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

गृहमन्त्री खाँडले प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश समेत वैद्यलाई सुनाउदै आफूले र प्रधानमन्त्रीले शीघ्र स्वास्थ्यलाभको कामना गरेको बताए । उनले  वैद्यको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई आग्रह गरेका छन् । 

दमको समस्या बढेपछि वैद्य आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका छन् । वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts