भारतले १ अर्ब कोरोना खोप लगाएसँगै मोदीले भने आज इतिहास लेखेको दिन



Download our app to get more features

एजेन्सी,कात्तिक ५ । भारतमा कोरोना भाइरसविरूद्धको १ अर्ब डोज भ्याक्सिन लगाइएको छ । समाचार संस्था एपीका अनुसार बिहीबारसम्ममा भारतले एक अर्ब डोज भ्याक्सिन लगाएको हो ।

१ अर्ब डोज कोरोना खोप लगाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीयले आज इतिहास लेखेको बताएका छन् । 

त्यस्तै मोदीले  छोटो समयमै १ अर्बभन्दा बढी मानिसलाई खोप लगाउन सफल भएकोमा  चिकित्सक,नर्ससहित अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गरेका छन् ।

१ अर्ब ३० करोड जनसंख्या भएको भारतमा अहिले खोप लगाउन योग्यमध्ये ७५ प्रतिशतले कोरोना खोपको एक डोज खोप लगाएका छन् भने झन्डै ३० प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

भारतमा केही महिनाअघि फैलिएको डेल्टा भेरियन्टले दैनिक ४ लाखसम्म कोरोना संक्रमित थपिएका थिए । पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको छ ।

 

Last modified on 2021-10-22 13:07:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts