स्याङ्जाको गल्याङ्ग नगर अस्पतालमा केडिसीको सहयोगमा दन्त विभागको स्थापना



Download our app to get more features

काठमाडौं, ६ कात्तिक । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) को प्राविधिक सहयोगमा स्याङ्जाको गल्याङ्ग नगर अस्पतालमा दन्त विभागको स्थापना गरिएको छ ।

उक्त विभागका स्थापनाका लागि रोटरी क्लब अफ काठमाडौं नर्थ, रोटरी इन्टरनेशनल काठमाडौं ३२९२ र न्यू ताइपे ताइवानको रोटरी क्लब अफ उकु जिङ्जोङ र रोटरी इन्टरनेशनलको सहयोग रहेको छ ।

केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले विभाग स्थापना गर्न २० लाख रुपैयाँभन्दा बढी खर्च भएको बताए । उनले विभागमा अबको दुई वर्षसम्म केडीसीले जनशक्तिको व्यवस्थापन गर्ने पनि उल्लेख गरे ।

त्यस्तै गल्याङ्ग नगर अस्पतालले दन्त विभाग राख्नका लागि स्थानको उपलब्धता गराएको छ भने, सेवाका लागि चाहिने आवश्यक उपकरणको व्यवस्थापन रोटरी इन्टरनेशनलले गरेको छ ।

विभागमा शुक्रवारबाट नै सेवा सुरु भएको । 

दुई वर्षपछि अस्पताललाई हस्तान्तरण गर्ने सहमति भएको पनि डा. श्रेष्ठले बताए । 

उनका अनुसार अत्यन्त न्यून शुल्क लिएर सेवा प्रवाह गरिने छ । उक्त विभागको स्थापनासँगै गल्याङ्ग नगरपालिका, कालिगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका, पाल्पाको रम्भा गाउँपालिका र रामपुर नगरपालिकाका जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सेवा पाउनेछन् ।

उक्त कार्यक्रममा गल्याङ्ग नगरपालिकाका मेयर भुपराज अधिकारीले मुख स्वास्थ्यको अभियानलाई राष्ट्रव्यापी बनाउनु पर्ने बताए ।

यस्तै ताइवानका रोटरी क्लब अफ उकु जिङ्जोङका अध्यक्ष रोटरीयन पावरले दन्त विभाग स्थापना गरी आम नागरिकलाई सस्तो र गुणस्तरीय सेवा प्रवाह गरेकोप्रति आभार व्यक्त गरे ।

नगर अस्पताल व्यवस्थापन समितिका सदस्य प्रेम श्रेष्ठले दन्त विभाग सञ्चालनमा आएपछि अस्पतालले थप सेवा उपलव्ध गराउन सफल भएको भन्दै सहयोगी दाताप्रति खुशी व्यक्त गरे ।

Last modified on 2021-10-23 08:10:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts