नर्भिकमा उपचाररत मोहन वैद्य डिस्चार्ज



Download our app to get more features

काठमाडौं,७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी का महासचिव मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

वैद्यको स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि आज (आइतबार) अपरान्ह डिस्चार्ज गरिएको हो । दमको समस्या बढेपछि वैद्य गत आइतबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । 

उनको स्वास्थ्य अवस्था खतरामुक्त र सामान्य बनेपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकले बताए ।  

नेता वैद्यले आफ्नो उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको टिमप्रति आभार व्यक्त गरेका छन् ।  

Last modified on 2021-10-25 12:22:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts