ह्याम्स अस्पतालमा मस्तिष्कघात सम्बन्धि सचेतनामुलक कार्यक्रम



Download our app to get more features

काठमाडौं,१२ कात्तिक । ह्याम्स अस्पतालले अस्पतालमा कार्यरत डाक्टर र नर्सहरु लक्षित मस्तिष्कघात सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ । 

विश्व मस्तिष्कघात दिवसको अवसरमा पारेर अस्पतालले मस्तिष्कघात भएका बिरामीहरुलाई ‘अस्पतालमा कसरी व्यवस्थापन गर्ने’ सम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रममा अस्पतालका वरिष्ठ न्युरो इन्डोभास्कुलर सर्जन डा. मनोज बोहोराले मस्तिष्कघात उपचारमा समयको महत्वपूर्ण भूमिका रहने बताए । 

वल्र्ड फेडरेसन अफ स्ट्रोकले ४ जनामध्ये एकजनामा जीवनको कुनै न कुनै कालखण्डमा मस्तिष्कघात हुने उल्लेख गरेको छ । 

मस्ष्तिकघात भएको व्यक्तिमध्ये कसैको हातगोडा चलेको हुँदैन, कतिको बोल्ने शक्ति जान्छ, कतिको स्मरणशक्ति गुमेको हुन्छ, कतिको बोलाइको भाषामा समस्या हुने अस्पतालका  वरिष्ठ न्युरोलोजिष्ट डा.कृष्ण ढुंगानाले बताए । स्वस्थ्य जीवशैली, खानपान लगायतका कुरामा ध्यान दिएमा मस्तिष्कघात न्युनिकरण गर्न सकिने उनले बताए । 

एक साइडको हात माथि उठाउन नसक्ने, मुख बाङ्गिएमा र बोली लरबराएमा, एउटा आँखाको दृष्टि गुमेमा, हिँड्दा लरबराउने जस्ता समस्या भएमा तत्काल अस्पताल  पु¥याउनुपर्ने डा. बोहोराले बताए । 

उच्च रक्तचाप बढ्नाले मस्तिष्कमा आघात पुग्छ, जसले गर्दा मस्तिष्कघात हुने सम्भावना रहन्छ । मुटु रोगी, मधुमेही,  धुम्रपान, मोटोपना, अस्वस्थ्यकर खानपान र जीवनशैली आदि कारणले मस्तिष्कघात हुने सम्भावना रहन्छ । 

रिंगटा लाग्ने,मुख बाङ्गिने,हातखुट्टा नचल्ने,एक्कासी एउटा हात लुलो हुने,बोली लरबराउने वा स्वरै गुम्ने,दृष्टिमा अचानक समस्या उब्जिने,कुरा बुझ्न अप्ठयारो हुने आदि मस्तिष्कघातका लक्षणहरु हुन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार, प्रतिवर्ष विश्वमा १ करोड ५० लाख व्यक्तिहरुलाई मस्तिष्कघात हुने गर्छ । त्यसमध्ये ५० लाखको मृत्यु हुन्छ भने ५० लाख व्यक्ति चिकित्सकको उपचारपछि सामान्य अवस्थामा फर्किने गरेका छन् । त्यसमा ५० लाख पूर्ण रुपमा अपाङ्ग हुने गर्छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts