बि एण्ड बि अस्पतालमा प्रत्येक शनिबार ओपीडी सेवा सञ्चालन हुने



Download our app to get more features

काठमाडौं,१४ कात्तिक । बि एण्ड बि अस्पतालमा प्रत्येक शनिबार ओपीडी सेवा सञ्चालन हुने भएको छ । अस्पतालले यहि कात्तिक २७ गतेदेखि उक्त सेवा सञ्चालन गर्न लागेको हो । 

अस्पतालले विशेषज्ञ चिकित्सकहरुद्धारा अर्थोपेडिक सर्जरी, बालरोग, न्युरो सर्जरी, गाइनोकोलोजी, जनरल मेडिसिन, कार्डियोलोजी, जेनेरल सर्जरी युरोलोजी सेवाहरु प्रदान गरिने बताएको छ ।

ओपीडी सेवा प्रत्येक हप्ता शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने छ ।

सेवाग्राहीहरुको अनुरोधलाई बिशेष ध्यानमा राख्दै ओपीडी सेवा सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ । 

 

Last modified on 2021-11-02 11:15:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts