स्टार अस्पतालमा आजदेखि ग्यास्ट्रो सेन्टर सञ्चालनमा



Download our app to get more features

काठमाडौं,१५ कात्तिक । स्टार अस्पतालले ग्यास्ट्रो सेन्टर सञ्चालनमा ल्याएको छ । अस्पतालले आजदेखि उक्त सेवा सञ्चालन ल्याएको हो ।  

दक्ष चिकित्सहरूबाट सुलभ मूल्यमा ग्यास्ट्रो सम्बन्धी सबै उपचार गराउने अस्पतालले जनाएको छ । 

अस्पतालका कार्यकारी अधिकृत डा.सन्देश जीसीका अनुसार अस्पतालले आधुनिक मेशिनहरूको प्रयोग गरी ग्यास्ट्रोको उपचार गर्दै छ ।

उनले ग्यास्ट्रोको उपचार गर्नका लागि स्टार अस्पताल आएपछि अन्य ठाउँमा जान नपर्ने बताए । त्यस्तै अब ग्यास्ट्रोको उपचार गर्नका लागि बाहिरी देश जान नपर्ने र स्टार अस्पतालमा आउनका लागि पनि जीसीले आग्रह गरेका छन् ।    
 
अस्पतालले साना बालबालिकादेखि वयस्क व्यक्तिहरूमा हुने ग्यास्ट्रो सम्बन्धी सम्पूर्ण उपचारहरु गराउने बताएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts