भाइटीका विशेषः जानौं ओखर खानुका १० फाइदाबारे...



Download our app to get more features

तिहारमा भाई पूजाका लागि नभई नहुने ओखरको धार्मिक मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि निकै लाभदायी छ । ओखरको नियमित सेवनले शरीरलाई पोषण प्रदान गर्नुको साथै विभिन्न रोगबाट बचाउन समेत मद्दत गर्दछ ।

जानौंं गुणकारी ओखर खानुका १० फाईदाबारे :
– मधुमेहका बिरामीहरुका लागि ओखरले धेरै नै फाइदा गर्ने चिकित्सकहरु बताउँछन् । त्यसैले मधुमेहका बिरामीहरुका लागि फाइदाजनक हुन्छ ।

– ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्दछ ।

– एक दिनमा ४ – ५ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।

– ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ ।

– यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।

– ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ ।

– यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्न सक्छ । 
– ओखर खाँदा मृर्गौलामा पत्थरी हुने सम्भावना कम हुन्छ । 

– ओखरमा भिटामिन इ हुन्छ जसले छाला सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ ।

– यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।

ओखरमा पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्स पाइन्छ, जसले शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट राहत दिन्छ । ओखर विभिन्न भिटामिनको राम्रो स्रोत हो ।

ओखरमा शरीरलाई चाहिने भिटामिन–ई, भिटामिन–बी, भिटामिन–बी ६ जस्ता अत्यावश्यक तत्व पाइन्छ अनिद्राको समस्या भएकाहरूलाई ओखर रामबाण हो । 

सुत्नुअघि भिजाएको ओखर खानाले मीठो निद्रा लाग्छ अथवा खानासँगै सलादमा ओखर छरेर पनि खान सकिन्छ । ओखरमा पाइने मेलाटोनिन नामक तत्वले  निद्रा लगाउने गर्छ ।

यसरी खाँदा झनै राम्रो
ओखरलाई स–साना टुक्रा बनाई काँचो माछा र मासुमा मिसाउने र सँगै पकाइ खाने ।

ओखरलाई पिसेर धुलो बनाइ सलाद, अचार आदिमा मिसाएर खाने ।
दहीमा ओखरका टुक्रा छरेर खाने ।
 

Last modified on 2021-11-07 06:18:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts