चिसोमा नवजात शिशुलाई कसरी नुहाउने ? जानौं सहि तरिकाबारे



Download our app to get more features

१.जन्मेको २४ घण्टा भित्र शिशुलाई ननुहाउने ।२.हिटरको प्रयोग गरेर कोठा न्यानो राख्ने ।
३.मनतातो पानी (तापक्रम ९० देखि १०० डिग्री फरेनहाइट) को प्रयोग गर्ने ।
४.शिशुलाई हरेक दिन नुहाउन जरुरी हुँदैन, फोहोर भएको ठाउँमा दैनिक पुछेर हप्तामा २ पटक नुहाउँदा उपयुक्त हुन्छ । 
५.वयस्कले प्रयोग गर्ने साबुन प्रयोग गर्नु हुँदैन । अल्कोहल नभएको बेबी स्याम्पु प्रयोग गर्नुपर्छ । ६.नुहाउदा शिशुले प्रयोग गर्ने साबुनः

  • PH मिलाएको । 
  • एलर्जी कम गर्ने ।
  • शिशुको नरम छालाको निम्ति बनाएको हुनुपर्छ।

७.नुहाउने समय १० मिनेट भन्दा कम हुनुपर्दछ ।लामो समय ननुहाउने । लामो समय नुहाउदा यसले शिशुको छाला सुख्खा बनाउछ । 
८.नुहाउदा पहिला शरीर नुहाएर कपडाले पुछेर अनि टाउको नुहाउदा उपयुक्त हुन्छ । 
९.नुहाएपछि छाला नरम बनाउन तेल वा मिल्क प्रोटिन, भिटामिन ई र म्वाइस्चराइजर भएको moisturising lotion प्रयोग गर्नपर्छ ।  

१०.नुहाएपछि टाउकोमा टोपी शरीरमा पत्र पत्र भएको कपडा लगाइदिनु पर्छ ।  

(डा. पाठक नवजात शिशु तथा अति सघन उपचार विशेषज्ञका रुपमा भरतपुर अस्पतालमा कार्यरत छन्)

Last modified on 2021-11-10 16:06:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts