चीनको हेइलोङजियाङ प्रान्तको हेइहे शहरमा कोरोनाविरुद्ध ‘जनयुद्ध’ घोषणा



Download our app to get more features

ऐजेन्सी,२४ कात्तिक । चीनको उत्तरपूर्वी क्षेत्रमा अवस्थित हेइलोङजियाङ प्रान्तको हेइहे शहरमा कोरोनाविरुद्ध ‘जनयुद्ध’ घोषणा गरिएको छ । हेइहे शहरका अधिकारीहरूले कोरोना विरुद्ध ‘जनयुद्ध’ शुरु गरेका हुन् ।

ग्लोबल टाइम्सका अनुसार चीनमा पछिल्लो समय कोरोनाभाइरसका नयाँ संक्रमित देखिन थालेपछि कोरोनाविरुद्ध ‘जनयुद्ध’ शुरु गरिएको हो । 

त्यहाँ पछिल्लो संक्रमणको कारक बनेको डेल्टा भेरियन्टको उद्गमस्थलबारे महत्वपूर्ण जानकारी दिने व्यक्तिलाई १ लाख युयान (१५ हजार ६४२ अमेरिकी डलर) पुरस्कार दिने समेत घोषणा गरिएको छ ।

त्यस्तै,हेइहे सरकारले भाइरस फैलिनुका संभावित कारणबारे जानकारी दिन समेत अनुरोध गरेको छ । कन्ट्याक्ट ट्रेसिङ लुकाउने वा नबताउने व्यक्तिलाई सजाय दिने समेत स्थानीय सरकारको भनाइ छ ।

Last modified on 2021-11-11 10:51:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts