शिशुलाई रुघाखोकीबाट बचाउने उपायहरु... 



Download our app to get more features

१.श्वाप्रश्वास सम्बन्धी समस्याका लक्षण भएका व्यक्तिबाट शिशु टाढै राख्ने । 
२.शिशुलाई भिडभाडबाट टाढै राख्ने । 
३.शिशुलाई भेट्नुपूर्व स्वस्थ्य व्यक्तिले पनि राम्ररी हात धुने । 
४.शिशुको सामान अन्य व्यक्तिले प्रयोग नगर्ने । 
५.शिशुको खेलौनाहरु साबुन पानीले धुने । 
६.घरभित्र कसैले चुरोट सेवन नगर्ने, आगो, धुपको धुवा र तरकारी ओइरीएको खारबाट पनि शिशुलाई जोगाउने । 
७.कपडामा टाँसिएका धुँवाले असर गर्ने हुनाले शिशु भेट्ने व्यक्तिले घरबाहिर पनि चुरोट सेवन गर्न हुँदैन । 
८.शिशुको हातमा वा शरीरमा छुवाएर पैसा, मोबाइल जस्ता सम्भावित दुषित सामग्रीहरु राख्न हुँदैन । 
९.गर्भाअवस्थामा र शिशु ६ महिना भन्दा कम उमेरको हुँदा आमालाई र शिशुको स्याहार गर्ने अन्य व्यक्तिले र ६ महिना पुरा भएपछि शिशुलाई इन्फ्लूएन्जाको खोप लगाइदिनुपर्छ । 
१०.शिशु ६ महिनाको नभएसम्म् आमाको दुध मात्र र त्यसपछि अन्य खानेकुराको साथमा २ बर्षसम्म नियमित स्तनपान गराउनुपर्छ । 

(डा. पाठक नवजात शिशु तथा अति सघन उपचार विशेषज्ञका रुपमा भरतपुर अस्पतालमा कार्यरत छन्)

Last modified on 2021-11-11 17:20:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts