शिशुलाई तेलले मालिस गर्न चाहनुहुन्छ ? जानौं सहि तरिकाबारे



Download our app to get more features

काठमाडौं । शिशुलाई हल्का र नियमित तेल मालिस गर्नाले आमा र शिशुको आत्मियता बढनुका साथै शिशुलाई तापक्रमको कमी हुन दिँदैन,स्नायूको विकासमा मद्दत गर्नुका साथै छालालाई नरम बनाईराख्छ । 

मालिस गर्नुपूर्व हातलाई न्यानो बनाउनुपर्दछ । तेल धेरै तातो भएमा शिशुलाई पोल्न सक्ने कुराको ख्याल गर्नुपर्दछ । 

नरिवलको तेल, बदामको तेल र बेबी तेलले मालिस गर्नु राम्रो हुन्छ । तोरीको तेलले शिशुको छालामा रातो डावरहरु निकाल्न सक्ने हुनाले प्रयोग नगर्दा राम्रो हुन्छ । भटमासको तेल र जैतुनको तेलले पनि छालादाई चिरा पार्न सक्ने हुनाले सकेसम्म प्रयोग गरिँदैन । 

(डा.पाठक नवजात शिशु तथा अति सघन उपचार विशेषज्ञका रुपमा भरतपुर अस्पतालमा कार्यरत छन्)

Last modified on 2021-11-12 13:49:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts