विश्व मधुमेह दिवसको अवसरमा ह्याम्स अस्पतालको निशुल्क स्वास्थ्य शिविर 



Download our app to get more features

काठमाडौं,२८ कात्तिक । विश्व मधुमेह दिवसको अवसरमा ह्याम्स अस्पतालले निशुल्क स्वास्थ्य शिविरको  आयोजना गरेको छ ।

अस्पताल परिसरमै आयोजित उक्त शिविरमा अस्पतालले सर्वसाधारणको निशुल्क रक्तचाप तथा मधुमेहको परीक्षण गरेको हो । 

निशुल्क स्वास्थ्य शिविरसँगै अस्पतालले आज बिहान र्‍याली समेत निकालेको थियो । प्लेकार्डसहित आयोजना गरिएको र्‍याली अस्पतालदेखि धुमवाराही हुँदै नारायण गोपाल चोक परीक्रमा गरी सोहि रूट पुन ह्याम्स अस्पताल पुगेर समाप्त भएको थियो ।

सो र्‍यालीमा अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, एथ्लेटिक्स तथा स्थानिय प्रहरी प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो ।

मधुमेह रोगबारे जनमानसमा जनचेतना जगाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts