जर्मनीमा १८ वर्षभन्दा माथिका सबैलाई कोरोना खोपको बुस्टर लगाउन सिफारिस



Download our app to get more features

एजेन्सी, २ मंसिर । जर्मनीको एक विज्ञ समूहले १८ वर्षभन्दा माथिका सबैलाई कोरोनाको बुस्टर लगाउन सिफारिस गरेको छ । 

खोपलाई लिएर सल्लाह दिन बनेको संस्था स्टेन्डिङ्ग कमिटी अन भेक्सीनेशनले देशभरका १८ वर्षमाथिका नागरिकलाई कोरोनाको बुस्टर लगाउन सिफारिस गरेको हो । 

समाचार संस्था रोयटर्सका अनुसार बूस्टरको रुपमा कोरोनाको एमआरएनए खोप लगाउन र खोप लगाएको ६ महिनापछि नै बुस्टर लगाउनका लागि समूहले सिफारिस गरेको हो ।
 

Last modified on 2021-11-19 12:47:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts