कोरोनाको सङ्क्रमणबाट जोगिनका लागि मास्कको प्रयोग सबैभन्दा बढी प्रभावकारीः अध्ययन



Download our app to get more features

एजेन्सी, २ मंसिर । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि मास्कको प्रयोग सबैभन्दा बढी प्रभावकारी रहेको एक अध्ययनले देखाएको छ ।

विश्व स्तरमा गरिएको ७० भन्दा बढी अध्ययनहरूको समिक्षापछि वैज्ञानिकहरूले कोरोनाको सङ्क्रमणबाट जोगिनका लागि मास्कको उचित प्रयोग सबैभन्दा बढी प्रभावकारी रहेको बताएका छन् । 

यस्तै एक अर्काबीचको भौतिक दुरी र पटकपटक हात धुने उपायले पनि कोरोनाको जोखिमबाट बच्न सकिने अध्ययनमा उल्लेख गरिएको छ । 

बेलायतको मेडिकल जर्नलमा प्रकाशित अध्ययनमा विश्वका विभिन्न मुलुकमा चलाइएको कोरोनाविरुद्धको खोप अभियानले पनि कोरोना सङ्क्रमणको जोखिमलाई कम गर्नमा मद्दत गरेको उल्लेख गरिएको छ ।
 

Last modified on 2021-11-19 13:46:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts