कोरोना संक्रमण बढेसँगै अष्ट्रियामा पूर्णरुपमा लकडाउन गर्ने निर्णय



Download our app to get more features

एजेन्सी, ४ मंसिर । कोरोना संक्रमण बढेसँगै अष्ट्रियाले पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । अष्ट्रियाका चान्सलर एलेक्जेन्डर स्केलेन्वर्गले यो लकडाउन बढीमा २० दिनसम्म जारी रहने गरी आगामी सोमबारदेखि लकडाउनको घोषणा गरेका हुन् ।

खोप नलगाएका मानिसका लागि मात्र लकडाउनको घोषणा गर्दा पनि संक्रमण नघटेपछि लकडाउनको घोषणा गरिएको हो । पछिल्लो एक सातामा अष्ट्रियामा एक लाख व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

सीमा नाकाहरुमा कडाइ गर्नुका साथै सार्वजनिक स्थल, क्लब, डिस्को र पबहरु सञ्चालनमा पनि रोक लगाइएको छ ।

कोरोना भाइरस विरुद्धको खोपलाई अनिवार्य बनाउने पनि चान्सलर एलेक्जेन्डरले बताएका छन् । फेब्रुअरीदेखि अष्ट्रियामा कोरोना खोप लगाएको प्रमाण कानुनी प्रक्रियाको रुपमा व्यवस्था गरिने उनले उल्लेख गरेका छन् ।

अष्ट्रिया युरोपमा सबैभन्दा सुस्त कोरोना खोप अभियान चलाउनेमध्येको एक मुलुक हो । त्यहा ३५ प्रतिशत नागरिक अझै खोप लगाएका छैनन् । पछिल्लो समय अष्ट्रियासँगै युरोपमा कोरोना संक्रमण फैलिएको छ । धेरै युरापेली मुलुकले संक्रमण बढेसँगै प्रतिबन्धका नियम लागू गरेका छन् ।

Last modified on 2021-11-21 07:30:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts