भारतमा विद्यालय खुलेसँगै कोरोना संक्रमण दर फैलिँदो



Download our app to get more features

काठमाडौं, ८ मंसिर । भारतका विभिन्न राज्यमा स्कुल खुलेसँगै कोरोना भाइरस संक्रमण फैलिएको छ । विद्यार्थीलाई भौतिक उपस्थिति भएरै कक्षा सञ्चालन गर्न थालिएपछि कोरोना बढ्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजस्थान राज्यको जयपुरमा ११ विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको छ । तलंगाना राज्यमा २८ विद्यार्थीमा संक्रमण देखिएको छ । विद्यालय खुलेको बेला विद्यार्थीमा संक्रमण देखिन थालेपछि विद्यालय बन्द गरिएको छ ।

स्थानीय प्रशासनले कोरोना फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न निर्देशन दिएको छ । ओडिसामा ७० भन्दा बढी विद्यार्थीमा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ५३ यात्रा र २२ छात्रमा संक्रमण देखिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts