कोरोना भाइरसको नयाँ भेरिअन्टका कारण यूकेको ६ देशसँग हवाई उडान निलम्बित



Download our app to get more features

एजेन्सी,१० मंसिर । अति संक्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरिअन्टका कारण यूकेले छ देशसँगको हवाई उडान निलम्बन गरेको छ।

यूकेका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई रातो सूचीमा राखिने र त्यहाँबाट आउने यात्रुले क्वारन्टीनमा बस्नुपर्ने बताएका छन् ।

एक विज्ञले B.1.1.529  भनिएको उक्त भेरिअन्टलाई 'हामीले अहिलेसम्म देखेको सबैभन्दा खराब' भनेका छन् र यो भेरिअन्टले अहिले खोपका कारण आएको प्रतिरोधी क्षमतालाई तोड्नसक्ने भन्दै चिन्ता व्यक्त भएका छन्।

सो भेरिअन्ट अहिलेसम्म दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी ५९ जनामा मात्रै पुष्टि भएको छ।

यूकेले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडान स्थगित गरेको छ।

जावेदले वैज्ञानिकहरू नयाँ भेरिअन्टका कारण चिन्तित भएको बताउँदै यसबारे थप अध्ययन आवश्यक रहेको बताए ।

उनले नयाँ भेरिअन्टमा धेरै उत्परिवर्तन भएको र त्यो संख्या डेल्टा भेरिअन्टमा भन्दा दोबर हुनसक्ने बताए ।

उनले थपे,'र यसले के सङ्केत गर्छ भने यो भेरिअन्ट बढी संक्रामक छ र अहिलेका खोपहरूको यसमाथि कमै असर हुनसक्छ ।'

उनले ती छ देशहरूलाई रातो सूचीमा राख्नुको कारण 'सावधानी र आफ्नो सीमाको सकेसम्म सुरक्षा गर्नु' रहेको बताएका छन् ।

बीबीसी

Last modified on 2021-11-26 11:36:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts