दक्षिण अफ्रिकासहित विश्वका थप २ मुलुकमा कोरोनाको नयाँ स्वरुप ‘ओमिक्रोन’ को पुष्टि



Download our app to get more features

एजेन्सी, १२ मङ्सीर । विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ स्वरुप ‘ओमिक्रोन’ हालसम्म विश्वका ३ मुलुकमा फेला परिसकेको बताएको छ । 

कोरोना भाइरसको यसअघिको भेरिएन्टभन्दा बढी सङ्क्रामक रहेका भन्दै सङ्गठनले दक्षिण अफ्रिकासहित विश्वका थप मुलुकमा यो भाइरस फेला परेको बताएको हो । 

हाल दक्षिण अफ्रिकासहित बेल्जियम र इजरायमा समेत पुष्टि भइसकेको छ । नयाँ स्वरुपको कोरोना भाइरस फेला परेपछि विश्वका विभिन्न मुलुकले अफ्रिकी मुलुकसँगको आफ्नो उडानहरू रद्द गरेका छन् भने उनीहरूलाई अन्य मुलुक प्रवेशमा पनि रोक लगाइएको छ ।

यस्तै भारतको केरलामा पनि दक्षिण अफ्रिकाबाट आएका दुई जनामा ओमिक्रोन भाइरसको जोखिम हुन सक्ने भन्दै उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ । ती व्यक्तिहरूमा ओमिक्रोन छ वा छैन भनेर जाँच हुन बाँकी रहेको छ । 

सङ्गठले कोरोना भाइरसको नयाँ स्वरुपलाई लिएर चिन्ता व्यक्त गर्दै यो भाइरस तीव्र गतिमा म्युटेट हुने हुँदा थप सङ्क्रामक भएको बताएको छ ।

यो भाइरस निकै तिव्र गतिमा र धेरै सङ्ख्यामा म्यूटेट हुने प्रजाति रहेको पनि सङ्गठनले चेतावनी दिएको छ । 

नयाँ फेला परेको कोरोनाको नयाँ स्वरुपको सुरुवाती प्रमाणको आधारमा यो थप सङ्क्रामक रहेको र यसले गम्भीर बिरामीलाई आफ्नो चपेटामा लिने गरेको पनि सङ्गठनले बताएको छ । 

ओमिक्रोन भाइरस पहिलोपटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा फेला परेको थियो । 

Last modified on 2021-11-28 12:49:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts