नर्भिकमा शनिबार यूरोलोजी र बालरोग विशेषज्ञद्धारा निशुल्क ओपिडी सेवा दिइने 



Download our app to get more features

काठमाडौं,१३ मंसिर । नर्भिक अस्पतालमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकहरुद्धारा निशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको छ । 

अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा.यादव ढकाल र वरिष्ठ यूरोलोजिष्ट डा.सुनिल श्रेष्ठ नेतृत्वको टिमले निशुल्क ओपिडी सेवा दिइने भएका हुन् । 

विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा.ढकालको ओपिडीबाट लाभ लिन सक्नेछन् । 

त्यस्तै प्रोस्टेट ग्रन्थी, मृगौला, मूत्रनली, मूत्रथैलीमा पत्थरी भएका लगायतका समस्या भएका बिरामीहरुले डा.सुनिल श्रेष्ठ नेतृत्वको टिमको ओपिडीबाट लाभ लिन सक्नेछन् । डा.श्रेष्ठसँगै डा. सञ्जिव श्रेष्ठ लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहने छन् । 

शनिवारको निशुल्क ओपिडीमा सहभागी हुने बिरामीको शल्यक्रिया गर्नुपरेमा उनीहरुलाई सहुलियत दरको व्यवस्था मिलाइने समेत नर्भिक अस्पतालले जनाएको छ । 

शनिवार बालरोग विशेषज्ञ डा.ढकालले बिहान १० देखि १२ बजेसम्म र डा. श्रेष्ठ नेतृत्वको यूरोलोजी टिमले बिहान १० बजेदेखि ११ बजेसम्म निशुल्क ओपिडी संचालन गर्र्नेछन् । 

निशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सकिने अस्पतालले जनाएको छ । 

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निशुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts